३ असार २०८३, बुधबार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य गिरावट पैचोको नेसनल सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादन प्रवर्धनमा जोड लुम्बिनीको बजेटः खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित सिंहदरबारमा रास्वपा सभापति लामिछाने र मधेस प्रदेश सांसदबिच अधिवेशनबारे छलफल विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड बजेटमा सकारात्मक सुधार र नीतिगत नविनताको प्रयासः विकासविद् मोना शेर्पा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन नेपाली औषधि कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रान्तिको स्वरूप फेरिएको मात्र हो तर क्रान्तिमा छौ: प्रधानमन्त्री दाहाल



अ+ अ-

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको स्वरुप फेरिएको बताउनु भएको छ ।

बिहीबार रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ स्थित पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूहरु अझै क्रान्तिमै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ । हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो ।’

कार्यक्रममा प्रधानमन्त्रीले जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह रहेको र त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको दाबी गरे ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो “मेरो भारत भ्रमणका क्रममा भएको समझदारीले मूर्तरुप लिएको छ ।’  भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा दुई पक्षीय सम्झौता भएसँगै भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने प्रक्रिया सुरु भएको प्रधानमन्त्रीले बताउनु भयो ।

कार्यक्रममा द्वन्द्व कालमा बेथानमा मारिएका तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारलाई सम्मानका साथै शहीद स्मारकको उद्घाटन गरिएको थियो ।