५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले प्रधानमन्त्रीलाई भने – राष्ट्रिय सभामा हामीलाई जिरो नगर्नुस्



file
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ ।

बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई राष्ट्रिय सभामा जिरो नबनाउन प्रस्ताव गर्नुभएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले भन्नुभयो, ‘एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीसँग राष्ट्रिय सभामा हामीलाई जिरो नबनाउनुस् भन्ने प्रस्ताव गर्नु भएको छ भन्ने कुरा छ । यसबारे गठबन्धनले बुझेर टुंग्गो लगाउने छ ।’

राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुग्नुभएको थियो ।