![](https://newspolar.com/wp-content/uploads/2024/01/oli.jpg)
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।
ओली पुगेसँगै बालुवाटारमा तीन दलको बैठक जारी छ । आजै बिहान कांग्रेस र माओवादीबीच पनि छलफल भएको थियो ।