• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

विमानस्थलका सफाई श्रमिक अलपत्र, गुनासो सुनाउन जाँदा प्रहरी बोलाएर लखेटियो



काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरु आफ्नो गुनासो सुनवाई गर्ने निकाय नभएपछि अलपत्र परेका छन् ।

सुनगाभा श्रेष्ठ सगरमाथा जेभी काठमाडौंबाट विमानस्थलमा खटिएका श्रमिकहरुले नागरिक उड्डयन प्राधिकरणसँग सुनगाभाले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै गुनासो सुनाउन नागरिक उड्डयन महाशाखा प्रमुख हरि अधिकारीलाई गुनासो सुनाउन जाँदा अधिकारीले उल्टै प्रहरी बोलाएर धरपकड गर्न थालेपछि ती श्रमिकहरु भागाभाग भएका हुन् । कार्यालय प्रमुख अधिकारीले समस्या समाधानका लागि पहल गर्नुको साटो ठेकेदार कम्पनीसँग मिलेमतो गरेको श्रमिकहरुले आरोप लगाएका छन् ।

रोजगारीको हकसम्बन्धी व्यवस्था, श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ मा भएका व्यवस्थाहरु सेवाप्रदायकले श्रमिकलाई उपलब्ध गराउनुपर्ने माग गरेका छन् । उनीहरुले प्राधिकरणको २०७९ जेठ १९ गतेको ३९९ औं बैठकको निर्णय अनुसार महङ्गी भत्ता उपलब्ध गराउन माग गरेका छन् । साथै, सेवासुविधा कार्यान्वयन नगर्ने तर काम गर्ने समयावधि ६ घण्टाबाट बढाएर ८ घण्टा बनाइएकामा असहमति जनाउँदै श्रमिकहरुले सो निर्णय फिर्ता लिन पनि आग्रह गरेका छन् ।

नेपाल नागरिक उड्यन प्राधिकरण सेवाप्रदायक संयुक्त कमिटीले पटक पटक आफ्ना मागका बारेमा प्राधिकरण र सुनगाभा कम्पनीसँग कुरा गर्न खोजेपनि मिलिभगतमा पन्छाउने काम भएको गुनासो गरेका छन् ।

सुनगाभाका सञ्चालकहरु रमेश ढकाल, अर्जुन खड्का, अमर रायमाझी, प्रकाश ढकाल समेतका व्यक्तिहरु श्रमिकसँग सम्पर्कमा नै नआउने र प्राधिकरणले पन्छाउने गर्दा उनीहरु अलपत्र परेका हुन् । यही गुनासो बोकेर श्रमिकहरु महाशाखा प्रमुख अधिकारी समक्ष जाँदा प्रहरीको खेदाइमा परेको गुनासो उनीहरुको छ ।

अधिकारीले श्रमिकहरुलाई तिमीहरुको मुख नै हेर्दिनँ, मैले केही पनि गर्न सक्दिनँ, मेरो कुर्सीमा बसे पनि बस भन्दै अपशब्द बोल्दै प्रहरी बोलाएका थिए ।