१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विमानस्थलका सफाई श्रमिक अलपत्र, गुनासो सुनाउन जाँदा प्रहरी बोलाएर लखेटियो

विमानस्थलका सफाई श्रमिक अलपत्र, गुनासो सुनाउन जाँदा प्रहरी बोलाएर लखेटियो
अ अ+ अ-

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरु आफ्नो गुनासो सुनवाई गर्ने निकाय नभएपछि अलपत्र परेका छन् ।

सुनगाभा श्रेष्ठ सगरमाथा जेभी काठमाडौंबाट विमानस्थलमा खटिएका श्रमिकहरुले नागरिक उड्डयन प्राधिकरणसँग सुनगाभाले गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै गुनासो सुनाउन नागरिक उड्डयन महाशाखा प्रमुख हरि अधिकारीलाई गुनासो सुनाउन जाँदा अधिकारीले उल्टै प्रहरी बोलाएर धरपकड गर्न थालेपछि ती श्रमिकहरु भागाभाग भएका हुन् । कार्यालय प्रमुख अधिकारीले समस्या समाधानका लागि पहल गर्नुको साटो ठेकेदार कम्पनीसँग मिलेमतो गरेको श्रमिकहरुले आरोप लगाएका छन् ।

रोजगारीको हकसम्बन्धी व्यवस्था, श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ मा भएका व्यवस्थाहरु सेवाप्रदायकले श्रमिकलाई उपलब्ध गराउनुपर्ने माग गरेका छन् । उनीहरुले प्राधिकरणको २०७९ जेठ १९ गतेको ३९९ औं बैठकको निर्णय अनुसार महङ्गी भत्ता उपलब्ध गराउन माग गरेका छन् । साथै, सेवासुविधा कार्यान्वयन नगर्ने तर काम गर्ने समयावधि ६ घण्टाबाट बढाएर ८ घण्टा बनाइएकामा असहमति जनाउँदै श्रमिकहरुले सो निर्णय फिर्ता लिन पनि आग्रह गरेका छन् ।

नेपाल नागरिक उड्यन प्राधिकरण सेवाप्रदायक संयुक्त कमिटीले पटक पटक आफ्ना मागका बारेमा प्राधिकरण र सुनगाभा कम्पनीसँग कुरा गर्न खोजेपनि मिलिभगतमा पन्छाउने काम भएको गुनासो गरेका छन् ।

सुनगाभाका सञ्चालकहरु रमेश ढकाल, अर्जुन खड्का, अमर रायमाझी, प्रकाश ढकाल समेतका व्यक्तिहरु श्रमिकसँग सम्पर्कमा नै नआउने र प्राधिकरणले पन्छाउने गर्दा उनीहरु अलपत्र परेका हुन् । यही गुनासो बोकेर श्रमिकहरु महाशाखा प्रमुख अधिकारी समक्ष जाँदा प्रहरीको खेदाइमा परेको गुनासो उनीहरुको छ ।

अधिकारीले श्रमिकहरुलाई तिमीहरुको मुख नै हेर्दिनँ, मैले केही पनि गर्न सक्दिनँ, मेरो कुर्सीमा बसे पनि बस भन्दै अपशब्द बोल्दै प्रहरी बोलाएका थिए ।