• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

टेरामेक्स प्रविधि हाम्रो देशमा आवश्यक छैन: पूर्वमन्त्री आले



काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टेरामेक्स प्रविधि हाम्रो देशमा आवश्यक नभएको बताउनु भएको छ ।

एभरेष्ट ग्यालरीद्वारा आज काठमाडौँमा आयोजना गरिएको दृश्यमा खप्तड श्रृंखला–२ को विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “म लेखा समितिमा छु, हाम्रो देशमा आवश्यक छैन, टेरामेक्स प्रविधिमा ज–जस्ले भ्रष्टाचार गरेका छन्, गल्ति गरेका छन् तिनीहरुलाई कारबाही गर्न लेखा समितिले अख्तियारमा सिफारिस पठाएको छ ।”

५० करोडमा सम्पन्न हुने टेरामेक्स अहिले सबै त्यसको लागत हेर्दा साढे ३ अर्ब रुपैयाँ पु-याएको र सिधै तीन अर्ब भ्रष्टचार गरिएको तथा आफु लेखा समितिमा भएका बेला प्रभावकारी भुमिका निभाएको र अहिले हामीले कारबाहीका लागि हामीले अख्तियारमा सिफासिर गरेको समेत दाबी गर्नुभयो । यसैगरी उहाँले हिमालय रिइन्सुरेन्स धितोपत्रबोर्डले लाईसेन्स लिइसकेपछि तीन अर्बको सेयर रु १०० को सेयर रु १०० मै दिनु पर्ने ठाउँमा रु २०२ लिएर रु तीन अर्ब ३० करोड घोटला गरेको र जनतालाई ठगेको बताउनुभयो । उहाँले भन्नुभयो, “धितोपत्रबोर्डका अध्यक्ष रमेशकुमार हमाल मेरै जिल्लाका हुन्, तर मैले के मेरो जिल्लाका हुन भनेर चाट्ने, जनताबाट बढी लिएको रकम यथाशिघ्र फिर्ता गर्न लेखा समितिबाट पत्राचार गरेको छौँ, गलत गर्नेलाई कुनै हालतमा छोडिन्न ।”

आफु टिका लगाएर सांसद नभएको र टिकालगाएर कहिले सांसद नबन्ने समेत बताउनुभयो । “म जनताबाट तीन तीन पटक निर्वाचित भएको मान्छे हुँ, म फिल्डमा गएर जनताको आर्शिवाद लिएर इलेक्टेड हुन्छ, उहाँले भन्नुभयो, “म जनताको पक्षमा काम गर्छु”, जहिले सम्म म सक्रिय राजनितीमा छु, त्यहिले सम्म म जनताको पक्षमै काम गर्छु ।” एक अर्को प्रसंगमा उहाँले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताउनुभयो । सुदूरपश्चिमलाई चिनाउने तथा सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड भएकाले त्यहाँको क्षेत्रलाई देश विदेशमा चिनाउन दृश्यमा खप्तड श्रृंखला–२ ले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रमका विसिष्ठ अतिथी समेत रहनु भएका पूर्वमन्त्री आलेले आफु संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका समयमा सुदूरपश्चिमका विभिन्न धार्मिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकासका लागि करोडौँ रकम बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा धार्मिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको मात्रै विकास गर्न सके त्यहाँको विकासमा कयाँ पलट हुने छ, म जनताको जनप्रतिनिधी हुँ, सुदूरपश्चिमको विकासका लागि म अहोरात्र खटिदै आएको छु ।” यसैगरी उहाँले आफु पर्यटनमन्त्री भएका समयमा संघीय राजधानी बाहिरका अन्य विमानस्थलमा वेस लिई त्रिभुवन विमानस्थलमा बस्दै आएका जहाजहरुलाई बेस लिएका क्षेत्रमै बस्न लगाएको र त्यहीबाट पहिलो उडान भर्ने नियम बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो त्रिभुवन विमानस्थलको पार्किङ क्षेमता भनेको जम्मा १७ वटा जहाज पार्किङ गर्न मिल्छ, त्यहाँ बाहिर बेस लिएका जहाज पनि पार्किङ गरिन थाले, कुनै कारण जहाँज ठोकिन पुगे कति क्षती हुन्छ, पाइलोट, एअरहोष्टेज, मेकानिकल घरबाटै आउछन र बाहिर बस्ने खर्च जोगिन्छ भनेर विमान सञ्चालकहरु त्यसो गर्दै थिए, मैले जसको बेस जहाँछ त्यही बस्न निर्देशन दिएपछि, अहिले हामी राजधानी काठमाडौँ आउन पहिलो उडान आफ्नै ठाउँको विमानस्थलबाट आउने भएका छौँ ।”