१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

टेरामेक्स प्रविधि हाम्रो देशमा आवश्यक छैन: पूर्वमन्त्री आले

टेरामेक्स प्रविधि हाम्रो देशमा आवश्यक छैन: पूर्वमन्त्री आले
अ अ+ अ-

काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टेरामेक्स प्रविधि हाम्रो देशमा आवश्यक नभएको बताउनु भएको छ ।

एभरेष्ट ग्यालरीद्वारा आज काठमाडौँमा आयोजना गरिएको दृश्यमा खप्तड श्रृंखला–२ को विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “म लेखा समितिमा छु, हाम्रो देशमा आवश्यक छैन, टेरामेक्स प्रविधिमा ज–जस्ले भ्रष्टाचार गरेका छन्, गल्ति गरेका छन् तिनीहरुलाई कारबाही गर्न लेखा समितिले अख्तियारमा सिफारिस पठाएको छ ।”

५० करोडमा सम्पन्न हुने टेरामेक्स अहिले सबै त्यसको लागत हेर्दा साढे ३ अर्ब रुपैयाँ पु-याएको र सिधै तीन अर्ब भ्रष्टचार गरिएको तथा आफु लेखा समितिमा भएका बेला प्रभावकारी भुमिका निभाएको र अहिले हामीले कारबाहीका लागि हामीले अख्तियारमा सिफासिर गरेको समेत दाबी गर्नुभयो । यसैगरी उहाँले हिमालय रिइन्सुरेन्स धितोपत्रबोर्डले लाईसेन्स लिइसकेपछि तीन अर्बको सेयर रु १०० को सेयर रु १०० मै दिनु पर्ने ठाउँमा रु २०२ लिएर रु तीन अर्ब ३० करोड घोटला गरेको र जनतालाई ठगेको बताउनुभयो । उहाँले भन्नुभयो, “धितोपत्रबोर्डका अध्यक्ष रमेशकुमार हमाल मेरै जिल्लाका हुन्, तर मैले के मेरो जिल्लाका हुन भनेर चाट्ने, जनताबाट बढी लिएको रकम यथाशिघ्र फिर्ता गर्न लेखा समितिबाट पत्राचार गरेको छौँ, गलत गर्नेलाई कुनै हालतमा छोडिन्न ।”

आफु टिका लगाएर सांसद नभएको र टिकालगाएर कहिले सांसद नबन्ने समेत बताउनुभयो । “म जनताबाट तीन तीन पटक निर्वाचित भएको मान्छे हुँ, म फिल्डमा गएर जनताको आर्शिवाद लिएर इलेक्टेड हुन्छ, उहाँले भन्नुभयो, “म जनताको पक्षमा काम गर्छु”, जहिले सम्म म सक्रिय राजनितीमा छु, त्यहिले सम्म म जनताको पक्षमै काम गर्छु ।” एक अर्को प्रसंगमा उहाँले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताउनुभयो । सुदूरपश्चिमलाई चिनाउने तथा सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड भएकाले त्यहाँको क्षेत्रलाई देश विदेशमा चिनाउन दृश्यमा खप्तड श्रृंखला–२ ले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रमका विसिष्ठ अतिथी समेत रहनु भएका पूर्वमन्त्री आलेले आफु संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका समयमा सुदूरपश्चिमका विभिन्न धार्मिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको विकासका लागि करोडौँ रकम बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा धार्मिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको मात्रै विकास गर्न सके त्यहाँको विकासमा कयाँ पलट हुने छ, म जनताको जनप्रतिनिधी हुँ, सुदूरपश्चिमको विकासका लागि म अहोरात्र खटिदै आएको छु ।” यसैगरी उहाँले आफु पर्यटनमन्त्री भएका समयमा संघीय राजधानी बाहिरका अन्य विमानस्थलमा वेस लिई त्रिभुवन विमानस्थलमा बस्दै आएका जहाजहरुलाई बेस लिएका क्षेत्रमै बस्न लगाएको र त्यहीबाट पहिलो उडान भर्ने नियम बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो त्रिभुवन विमानस्थलको पार्किङ क्षेमता भनेको जम्मा १७ वटा जहाज पार्किङ गर्न मिल्छ, त्यहाँ बाहिर बेस लिएका जहाज पनि पार्किङ गरिन थाले, कुनै कारण जहाँज ठोकिन पुगे कति क्षती हुन्छ, पाइलोट, एअरहोष्टेज, मेकानिकल घरबाटै आउछन र बाहिर बस्ने खर्च जोगिन्छ भनेर विमान सञ्चालकहरु त्यसो गर्दै थिए, मैले जसको बेस जहाँछ त्यही बस्न निर्देशन दिएपछि, अहिले हामी राजधानी काठमाडौँ आउन पहिलो उडान आफ्नै ठाउँको विमानस्थलबाट आउने भएका छौँ ।”