२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री मन्त्रीमण्डल पुन: गठनको मुडमा हुनुहुन्छ: अग्नि सापकोटा



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीमण्डल पुन:गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजनामा रहनुभएको बताएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले पुन:गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताउनु भयो । उहाँले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुन:गठनका लागि तयारी गर्दैछु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निस्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ । तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा रिसफल गरेर भनेपनि मन्त्रीहरुको कामलाई अघि बढाउनुपर्छ, सिंगो मन्त्री परिषद्को कामलाई प्रभावकारी बनाउनुपर्छ भन्ने छ । तर ठोस समीक्षा भएको छैन । उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ । त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ ।’

प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको भनाइपछि छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताउनु भयो ।