२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कखुराको मासुको मूल्य बढ्यो



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । कुखुराको उत्पादन घटेपछि मासुको मूल्य बढेको छ । गत माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिकामा टर्की र हाँसमा बर्ड फ्लुको संक्रमण देखिएपछि प्रतिकिलो ३ सय ७० रुपैयाँबाट घटेर ३ सय ४० रुपैयाँ पुगेको कुखुुराको मासुको मूल्य त्यसयता पटकपटक बढ्दै अहिले प्रतिकिलो ३ सय ९० रुपैयाँ पुगेको छ । मासु व्यवसायी संघले ३ सय ९० रुपैयाँ तोकेको भए पनि बजारमा व्यापारीहरूले प्रतिकिलो ४ सय रुपैयाँसम्म लिने गरेको पाइएको छ ।

अहिले कुखराको उत्पादन घट्नुका साथै कुखुरालाई खुवाइने दानाको मूल्यसमेत बढेकाले मासुको मूल्य बढेको बताइएको छ । मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर विसिले मासुको मूल्य बढ्नुमा कुखुराको उत्पादन घट्नु नै प्रमुख कारण भएको बताए । उनका अनुसार हाल कखुराको उत्पादन ४० प्रतिशतले घटेको छ ।

बन्दाबन्दीका समयमा नेपाली कुखुरा व्यवसायीले विदेशबाट माउ (प्यारेन्ट) चल्लाको आयात गर्न नसक्दा चल्ला उत्पादन घटेकाले तयारी कुखुराको उत्पादनसमेत घट्न गएको हो । ‘यसले नेपाली मासु बजारमा करीब ६ महिनासम्म असर गर्ने छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । नेपालमा दैनिक ५ लाख किलो मासुको माग हुन्छ । काठमाडौं उपत्यकामा मात्र साढे २ देखि ३ लाख किलो मासुको खपत हुने गर्छ । तर, मासुको उत्पादन भने ४० प्रतिशतसम्म घटेको बताइएको छ ।

उत्पादन घटेर चल्लाको अभाव बढ्दै गएपछि बोइलर चल्लाको मूल्यसमेत बढेको छ । प्रतिचल्ला ७० रुपैयाँबाट ९५ रुपैयाँ सम्म पर्न थालेको छ । त्यसैगरी प्रतिचल्ला १ सय ४० रुपैयाँ पर्ने लेर्यस चल्लाको मूल्य अहिले १ सय ७० रुपैयाँ पुगेको छ । आर्थिक अभियान दैनिकमा छ ।