१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको प्रश्न: आन्दोलन भइरहेको ठाउँमा हुलहुज्जत गर्न मन्त्री किन गएको ? (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा युवाहरुले आन्दोलन गरिरहेको थाहा हुँदाहुँदै मन्त्री जस्तो मान्छे गाडीमा झण्डा हल्लाउँदै त्यहाँ किन पुगेको भनी प्रश्न गर्नुभएको छ ।

मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले मन्त्री नै हुल हुज्जत गर्न पुगेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो , ‘मान्छे किन मारिनुपर्यो ? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्यो ? नगइ नहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो ?

ओलीले भन्नुभयो ‘हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेको मात्र होईन निर्मम रुपले बन्दुकको कुन्जाले हानेर कुटीकुटी मारेको छ । गोली चलाइएको मात्र होइन बन्दुले मान्छेलाई मान्छे घुत्रुकै मर्नेगरी हालेको छ ।’

हुलहुज्जत हुललाई उत्तेजित बनाएर गोली हालेर मान्छे मारेको टिप्पणी गर्नुभयो । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्यो रु भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मान्छे किन मारिनुपर्यो ? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्योरु नगइ नहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो ? हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेर गोलीमात्रै चलाइएको होइन बन्दुले मान्छेलाई मान्छे घुत्रुकै मर्नेगरी हालेको छ ।’

बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको थियो ।