• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

शेखरको कटाक्ष: योभन्दा बढी सुशासनको नमूना अरु के होला ?



file photo

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा विश्वविद्यालयसम्बन्धी कानून ल्याएर सुशासन कायम गर्ने भनी व्यङ्ग्य गर्नुभएको छ ।

उहाँले विश्वविद्यालयहरुमा कुलपति प्रधानमन्त्री, शिक्षामन्त्री र प्रदेशका मुख्यमन्त्री रहने गरी कानून आउन लागेको उल्लेख गर्दै भन्नुभयो, “यो भन्दा बढी सुशासनको नमुना अरु के नै होला र ? हेरौं नेपाली नयाँ बर्ष आउँदा सम्म यस्ता शुसासनका नमुनाहरु कति सुन्न र देख्न पाइने हो ।”

नयाँ वर्ष २०२४ का अवसरमा सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्नुभएको उहाँको भनाइ यस्तो छ :

नयाँ बर्ष सन् २०२४ मा सरकारको तर्फवाट शैक्षिक क्षेत्रलाई उपहारको रुपमा विश्वविद्यालयहरुमा कुलपति प्रधानमन्त्री, शिक्षा मन्त्री र प्रदेशका मुख्यमन्त्री हुनेगरी कानुन आउने भएछ ।
यो भन्दा बढी सुशासनको नमुना अरु के नै होला र ? हेरौं नेपाली नयाँ बर्ष आउँदा सम्म यस्ता शुसासनका नमुनाहरु कति सुन्न र देख्न पाइने हो । सबैमा नयाँ बर्षको शुभकामना ।