११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ : नेता प्रकाशमान सिंह



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताउनुभएको छ । 

आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले न्युनतम नैतिकता समेत नदेखाएको उहाँको भनाई छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजिनामा माग नगरेको परिस्थिति भएपनि राजनीतिको मुल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारले राजनीतिमा देखाउनुपर्ने, दर्शाउन सक्नुपर्ने कुरा प्रधानमन्त्रीले राजिनामा दिएर गर्नुपर्नेमा नगरेको र माओवादी केन्द्रले समर्थन अहिलेसम्म फिर्ता लिन नसकेको । जनता समाजवादी पार्टीले पनि पार्टीबाट अनैतिक सरकारको राजिनामा गराउनको लागि, प्रमुख प्रतिपक्षी दल कांग्रेस हामी त तयार छौँ । तर संख्या नपुग्दैमा खाली सरकारको परिवर्तनको कुरा गरेर मात्रै हुँदैन । हामी के चाहान्छौँ त भन्दाखेरी न्युनतम रुपमा राजनीतिमा हुनुपर्ने मुल्य, मान्यता, नैतिकता भन्नेकुरा लागु हुनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ । कम्युनिष्टहरुको सरकारले ५ वर्षसम्म दिएको म्याण्डेड पुरा गर्न सकेको छैन । र अब बाँकी रहेको समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरु लागेर अगाडी बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको भनाई छ ।’

नेता सिंहले कम्युनिष्ट पार्टीले जनताले पाँच वर्षका लगि दिएको म्याण्डेड पुरा गर्न नसकेको बताउनुभयो । देशलाई अस्थिरता बाट बचाउन सबै दलहरुले निकास दिनुपर्ने बताउनुभयो ।