२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्ष सन् २०२४ मा चीनका राष्ट्राध्यक्ष सीको सन्देश: देश समृद्धि हुने र विश्व शान्ति हुने अपेक्षा



अ+ अ-

बेईजिङ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२४ देश समृद्धि हुने र विश्व शान्ति हुने शुभकामना व्यक्त गर्नुभएको छ। नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा सीले चाइना मिडिया ग्रुप र इन्टर्नेटमार्फत दिनुभएको शुभकामनामा सन् २०२३ मा चीनले पाएको विकास उपलब्धिबारे संक्षेप गरी सन् २०२४ देश समृद्धि हुने र विश्व शान्ति हुने अपेक्षा गर्नुभएको छ ।

सन्देशमा उहाँले न्यानो जीवन तथा पुन:उत्थान व्यस्त अवस्थाबाट असल जीवनबारे मानिसका इच्छाको ब्याख्या गर्नु भएको छ। साथै एउटा जिवित तथा न्यानो चीन पनि देखाउनु भएको छ। न्यानो जीवन तथा पुन:उत्थान व्यस्त अवस्थाबाट असल जीवनबारे मानिसका इच्छाको ब्याख्या गर्दै एउटा जिवित तथा न्यानो चीन पनि देखाइएको सीले व्यक्त गर्नुभयो।

सीले अन्नबाली उत्पादन लगातार बीस वर्षसम्म वृद्धि हुँदै आएको, स्वच्छ पानी र हरियो पहाड विकासका ठूला प्रगति भएका, ग्रामीण पुन:उत्थानको नयाँ अवस्था देखिएको उल्लेख गर्नुभयो। उहाँले सी ९१९ ठूलो विमान व्यावसायिक उडान संचालनमा आएको, स्वयं उत्पादित क्रुज पानी जहाजको परीक्षण संचालन भएको, शनचौ परिवार स्पेसमा रिले भएको भन्दै “फनतौच” नम्बर एकदम गहिरो समुद्रमा पुगेको भन्दै चीनले अथक प्रयासको भावना लिएर प्रगति गरेको बताउनु भएको छ। जताततै दिनदिनै प्रगति सिर्जना भएको देखिएको पनि आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ।

सीले चीन-मध्य एशिया शिखर सम्मेलन, तेस्रो वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च समेत अनेक कूटनीतिक कार्यक्रमलाई सफलताका साथ आयोजना गरिएको र विश्वका विभिन्न क्षेत्रका मित्रलाई चीनमा स्वागत गरेको व्यक्त गर्नुभएको छ।

सी चिनफिङले आगामी वर्ष नयाँ चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव रहेको स्मरण गर्दै चिनियाँ शैलीको आधुनिकीकरणलाई सृदृढताका साथ अघि सार्नुपर्ने र हाम्रो लक्ष्य धेरै भव्य र धेरै सरल पनि रहेको कुरामा जोड दिनु भएको छ। त्यसको मूल कुरो नै सर्वसाधारणलाई अझ राम्रो जीवनस्तरको वातावरण सिर्जना गर्ने हो भन्ने कुरा उहाँले दोहोर्याउनुभएको छ।

सीले वर्तमान विश्वका केही ठाउँमा युद्ध चलिरहेको र चिनियाँ जनताले शान्तिको मूल्यबारे गहन रूपमा बुझेका भन्दै चीनले अन्तर्राष्ट्रिय समूहसँग मानवजातिको भविष्य र जनताको फाइदाको आधारमा मानव भाग्य समुदायको रचना बढाएर अझ असल संसार निर्माण गर्ने इच्छा लिएको आफ्नो शुभकामना सन्देशमा व्यक्त गर्नु भएको छ।