५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सनी देओलले ‘एनिमल’मा बबी देओलले कुटाइ खाएको देख्न सकेनन्, बीचमै थिएटर छोडेर निस्किए

सनी देओलले ‘एनिमल’मा बबी देओलले कुटाइ खाएको देख्न सकेनन्, बीचमै थिएटर छोडेर निस्किए
अ+ अ-

एजेन्सी । यो वर्ष देओल परिवारका लागि निकै विशेष रह्यो । सनी देओलले ‘गदर २’ जस्ता सुपरहिट फिल्म दिएका थिए भने उनका भाइ बबी देओलको फिल्म ‘एनमिल’ले बक्स अफिसमा धेरै रेकर्ड तोडेको थियो ।

हालैको एक अन्तर्वार्तामा सनीले बबीको बारेमा कुरा गरेका छन् । बबीले कहिल्यै पनि इन्डस्ट्रीमा आफ्नो योग्यता नपाएको उनले बताए ।

चलचित्र ‘एनिमल’ को अन्तिम दृश्यमा बबीको मृत्यु भएको नदेखेको र फिल्म छाडेर थिएटरबाट निस्किएको पनि उनले बताए ।

एनडीटीभीलाई दिएको अन्तर्वार्तामा बबीको करियरको बारेमा कुरा गर्दै सनीले भने, ‘प्रकाश झाको सिरिज ‘आश्रम’ बबीको करियरको टर्निङ प्वाइन्ट थियो । म उनको लागि धेरै खुसी छु । अब म भन्न सक्छु कि मानिसहरू उनीप्रति इमानदार थिएनन् । म आफ्नो बारेमा कुरा गर्न सक्दिन, तर म निश्चित रूपमा उनको बारेमा कुरा गर्न सक्छु । मानिसहरूले उसलाई प्यारो केटा भन्थे तर उसको लागि केही गरेनन् । उनको क्षमता सबैलाई थाहा थियो तर सबैको अगाडि आउन दिएनन् ।’

फिल्म एनिमलको बारेमा कुरा गर्दै सनीले भने, ‘बबीको फिल्मलाई मानिसहरूले धेरै माया दिए तर मैले पूर्ण रूपमा हेर्न सकिन । यद्यपि म आफैं मेरा फिल्महरू पूर्ण रूपमा हेर्न नसक्ने भए पनि बबीलाई एनिमलमा मरेको देखेर म आफ्नो सिटबाट उठेर थिएटरबाट बाहिर आएँ । मैले त्यो सबै देख्न सकिन ।’