१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई खुमलटार पठाउने गगनको अभिव्यक्ति प्रति नेता घिमिरेको टिप्पणी: गफै न हो सम्धिज्यू !



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुमलटार पठाउने सक्ने हैसियत काग्रेससंग भएको भन्दै दिनु भएको अभिव्यक्तिलाई काग्रेसका पुरानानेता लक्ष्मण घिमिरेले गफै न हो सम्धिज्यू भन्ने उखानसंग तुलना गर्नुभएको छ ।

थापाले शनिबार भक्तपुरमा आयोजना भएको एक कार्यक्रममा थापाले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत काँग्रेसको रहेको जिकिर गर्नुभएको थियो ।

उहाँले काँग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै काँग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताउनु भयो ।उहाँको अभिव्यक्ति प्रति टिप्पणी गर्दै नेता घिमिरे काँग्रेसका कार्यकर्ताहरू त्यो दिन देख्न व्यग्र रहेको जनाउनु भयो ।

उहाँले लेख्नु भएको छ –

प्रचण्डलाई खुमलटार पठाउने हैसियत कांग्रेससँग छः गगन थापा : “लौन हो त्यो हैसियत प्रयोग गर्न ढिला नगरौं महामन्त्री ⁦@thapagk ज्यू ! नेपाली काँग्रेसका कार्यकर्ताहरू त्यो दिन देख्न व्यग्र छन्। होइन भने – गफै न हो सम्धिज्यू भन्ने उखान छंदैछ !”