७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति र स्थिरताको निम्ति लडिरहन्छु : ऊर्जामन्त्री रायमाझी



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताउनुभएको छ । 

आइतबार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेको बताउनुभएको हो । आर्थिक समृद्धिमा टेवा पुर्याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भिक रुपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्रीत भइरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हिजो हामीहरु राजनीतिक व्यवस्था उल्ट्याउनका लागि लड्यौ भने आज शान्ति र स्थिरताको लागि सही राजनीतिक नेतृत्वको पनि आवश्यकता छ भनेर हामी लडिरहेका छौँ । हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक लडाइँ अहिले चलिरहेको छ । तर यो लडाइँ नलड्नुपर्ने हो यतिबेला । तरपनि हिजोको लडाइँको क्षेत्रबाट आएका अवशेषहरु, ती धङधङीहरु अहिलेपनि देखा पर्छन् । केही समय रहन्छन् अझै । हिजोको धङधङी राजनीतिमा देखा परिरहेको छ । हिजो हामी को कता थियौँ छोडिदिनुस् । आज के सही हो त्यो महत्वपूर्ण कुरा हो । कुन सत्यले ? कुन पार्टीले ? कुन नेतृत्वले ? आज देशको आर्थिक समृद्धिमा टेवा पुर्याउँछ, त्यसको लागि शान्ति र स्थिरता कसले ल्याउन सक्छ ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा कसले गर्न सक्छ ? राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा दह्रोसँग निर्भिक भएर उभिन सक्ने नेतृत्व आज चाहिएको छ । अरुको गुलाम, अरुको कठपुतली भएर हुँदैन । त्यस्तो नेतृत्व चाहिएको छ ।’

मन्त्री रायमाझीले नेपालको कृषिलाई सामुहिक रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । कृषिलाई ब्यक्तिवादी र निर्वाहमुखि चिन्तनबाट माथि उठाउँदै वैज्ञानिक आधुनिकरण र व्यवसायीकरणमा लैजानुपर्ने उहाँको भनाई छ ।