१७ श्रावण २०८३, आईतवार
,
Latest
‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटना: पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ-रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर गर्ने जनाउनु भएको छ । लामिछानेले जवाफ चाहियो सरकार भन्दै बिभिन्न प्रश्नहरु गर्नुभएको छ ।

लामिछानेले आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको जनाउदै पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्ने जनाउनु भएको छ ।

उहाँले रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ , हुन्छ भन्दै आफ्नो अभियानबारे जानकारी गराउनु भएको छ ।

उहाँले लेख्नुभएको छ –

– नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने?

– ललिता निवास काण्डमा दोषी उम्काउने?

_ सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?

– एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने?

– टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने?

– वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?

– नारायणघाट -बुटवल, मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?

– प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?

यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन ! हुँदा हुँदा !! पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने?

आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ? आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ। पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ। रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ , हुन्छ।