• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी

बालकुमारी घटना: पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ-रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर गर्ने जनाउनु भएको छ । लामिछानेले जवाफ चाहियो सरकार भन्दै बिभिन्न प्रश्नहरु गर्नुभएको छ ।

लामिछानेले आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको जनाउदै पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्ने जनाउनु भएको छ ।

उहाँले रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ , हुन्छ भन्दै आफ्नो अभियानबारे जानकारी गराउनु भएको छ ।

उहाँले लेख्नुभएको छ –

– नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने?

– ललिता निवास काण्डमा दोषी उम्काउने?

_ सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?

– एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने?

– टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने?

– वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?

– नारायणघाट -बुटवल, मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?

– प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?

यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन ! हुँदा हुँदा !! पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने?

आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ? आजबाट देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ। पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ। रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ , हुन्छ।