११ मंसिर २०८१, मंगलवार
,
Latest
सामाजिक सुरक्षा कोषका सञ्चयकर्ताको रकमलाई अर्थतन्त्रको उत्थानमा प्रयोग गर्न आवश्यकः निजी क्षेत्र नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाइ’ सह-प्रायोजकमा ओमोडा एन्ड जेइको इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर परिवारलाई खबरै नगरी क्यानडाबाट नेपाल आएका थिए माझी दम्पती न्यायको बोर्डमा किन पोतियो कालो ‘पूर्णबहादुरको सारंगी’विरुद्ध प्रतिलिपि र प्रहरीमा उजुरी न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषद्‌को बैठक जारी बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिग: धनगढीलाई हराउँदै ललितपुरले जित्यो उपाधि



अ+ अ-

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

त्रिपुरेवरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधिमाथि कब्जा जमाएको हो । यस उपाधिसँगै ललितपुरले रु ७० लाख प्राप्त गरेको छ । पहिलो संस्करणमा उपविजेता बनेको धनगढी यसपटक पनि दोस्रो स्थानमा रह्यो । उपविजेता बनेको धनगढीले रु २० लाख पायो । ललितपुरको जितमा इमोह इजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरे ।

यता धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजी एक गोल गरे । खेलमा ३७औँ मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गर्दै पहिलो अग्रता लिए । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा ललितपुरका इमोह इजेकेलले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई दोस्रो अग्रता दिलाए । खेलको ५८ औँ मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ अग्रता बनाउँदै टिमलाई जिततर्फ अगाडि बढाए ।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा धनगढीका अहमद हिजाजीले एक गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भयो ।