११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिको कामलाई प्रभाबकारी बनाउने बारे समिति सभापति र सभामुखबीच छलफल



अ+ अ-

काठमाडौं । संघीय संसदका विभिन्न समितिका सभापति र प्रतिनिधि सभाका सभामुख बीच समितिको काम कारबाहीको विषयमा छलफल भएको छ । आइतबार संघीय संसदका विभिन्न समितिका सभापतिहरुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर समितिले गरिरहेका काम कारबाहीको विषयमा छलफल गरेका हुन् ।

गत साउन ५ गते पछि समिति सभापति र सभामुखबीच छलफल भएको थिएन । यस छलफललाई समिति सभापतिहरुले नियमित छलफलको रुपमा भएको बताएका छन् । बैठक पछि बोल्दै राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले समितिमा रहेका विधेयकको अवस्था र समितिले गरिरहेका काम कारबाहीको बारेमा सभामुखसँग छलफल भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो– ‘समितिलाई प्रभावकारी बनाउनु भनेको संसदलाई प्रभावकारी बनाउनु नै हो । र शक्ति पृथकिकरणको सिद्धान्त अनुसार यसलाई कामयावि कसरी बनाउने ? परिणाममुखी कसरी बनाउने, जनमुखी कसरी बनाउने र सिंगो संसदलाई नै प्रभावकारी ढंगबाट कसरी अगाडी बढाउने ? हाम्रो काम मुख्यतया कानुन निर्माण गर्ने कुराहरु भएकाले कानुन निर्माँणमा प्रभावकारी हिसाबबाट कसरी जाने ? सम्बन्धित सरोकारवालासँग पनि बहस गरेर जाँदाखेरी त्यसका त्रुटीहरु कमी हुन्छ । 

कानुनको जनताले स्वामित्व ग्रहण गर्ने जनताले मेरो लागि बनेको हो भन्ने खालको कुराहरु पनि हुन्छ भन्ने सम्बन्धमा व्यापक रुपमा छलफल भयो । र हामीले दिनुपर्ने सुझाव, काम गर्ने शिलशिलामा भोगेका जुन अप्ठ्याराहरुलाई पनि सुधार गरेर कसरी जाने भन्ने कुराहरु भए ।’

सभामुख सापकोटाले सभापतिहरुको राखेका कुराहरुलाई गम्भिरतापूर्वक लिएको बताउनुभएको सभापति श्रेष्ठले जानकारी दिनुभयो । विगतमा प्रतिनिधि सभाका समितिहरुले एकै विषयमा फरक फरक निर्देशन दिने र अर्को समितिमा विचाराधिन अवस्थामा रहेको विषयमा समेत छलफल चलाएको गुनासो बढेपछि सभामुखले हस्तक्षेप गर्नुपरेको थियो ।