• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

निर्मम दमन र हत्यामा उत्रिने सरकारी रवैया खेदजनक: उपाध्यक्ष पौडेल



काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले सम्वाद र सहमतिको बाटो छाडेर निर्मम दमन र हत्यामा उत्रिने सरकारी रवैया खेदजनक भएको टिप्पणी गर्नुभएको छ ।

उपाध्यक्ष पौडेलले बालकुमारीमा राज्य शक्तिको चरम दुरूपयोग र अनुचित बलप्रयोगले गर्दा दुईजना नेपाली युवाको ज्यान गएको जनाउनु भएको छ ।

उहाँले घटनाको निष्पक्ष छानविन र दोषीलाई अविलम्ब कार्वाही गर्न माग गर्दे दिवंगतहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजन र आफन्तहरूमा समवेदना व्यक्त गर्नुभएको छ ।