५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय सरकारमाथि दबाब बढाउन सातै प्रदेशका मुख्यमन्त्रीको हेटौँडामा भेला



अ+ अ-

काठमाडौँ । संघीय सरकारमाथि दबाब बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरु हेटौँडामा भेला भएका छन् । संघीय सरकारले प्रदेश सरकारका अधिकारमाथि हस्तक्षेप गरेको भन्दै उनीहरु संघर्षमा उत्रिएका छन् ।

हेटौँडामा बिहीबारदेखि अन्तरप्रदेश मन्त्रिपरिषद्को भेला सुरु भएको छ । संघीय सरकारविरुद्ध थप रणनीति तय गर्न उनीहरु बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका हुन् । गण्डकी प्रदेश राजधानी पोखरामा पनि गत चैतमा मुख्यमन्त्रीहरुको भेला सम्पन्न भएको थियो ।

संविधानले व्यवस्था गरेका अधिकारहरु केन्द्र सरकारले नदिएको गुनासो गर्दै मुख्यमन्त्रीहरु पछिल्लो समय संघीय सरकारविरुद्ध आन्दोलित छन् ।

हेटौँडा भेलामा सहभागी हुने मुख्यमन्त्रीहरुमा कोशीका केदार कार्की, मधेशबाट सरोजकुमार यादव, बागमतीका शालिकराम जम्मकट्टेल, गण्डकीका सुरेन्द्रराज पाण्डे , लुम्बिनीका डिल्लीराम चौधरी, कर्णालीका राजकुमार शर्मा र सुदूरपश्चिमबाट कमलबहादुर शाह हुनुहुन्छ ।

संघीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउनुपर्ने, तीन तहका साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानून निर्माणमा सहकार्य गर्नेुपर्नेजस्ता मागसहित उनीहरु भेला भएको बताइएको छ ।