• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

गोकर्णेश्‍वरबाट नक्कली नोटसहित एक जना पक्राउ



काठमाडौं । प्रहरीले गोकर्णेश्‍वरबाट नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार राति गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट १ हजार दरको २४ थान नक्कली नोटसहित रामेछाप दिमपोखरी घर भई हाल काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले हनुमान चोकमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।