१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्णेश्‍वरबाट नक्कली नोटसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले गोकर्णेश्‍वरबाट नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार राति गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट १ हजार दरको २४ थान नक्कली नोटसहित रामेछाप दिमपोखरी घर भई हाल काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले हनुमान चोकमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।