२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्क्वायर सहकारीको अध्यक्षसहित तीन जना पक्राउ



अ+ अ-

काठमाडौं । स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारीको ७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँ पक्राउ परेका हुन् ।

उनीहरूले बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

पक्राउ परेकाहरू विरुद्ध सहकारी ठगीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।