७ आश्विन २०८१, सोमबार
,
Latest
बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा रहेका अध्यादेश अगाडि बढाउन संसद तयार छ : सभामुख सापकोटा



फाईल फोटो
अ+ अ-

काठमाडौं । सभामुख अग्नि सापकोटाले संसदमा रहेका अध्यादेश अगाडि बढाउन संसद तयार रहेको बताउनु भएको छ । सरकारले ल्याएका कुरा अड्काउनुपर्छ भन्ने मानसकितामा आफू नरहेको पनि स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो,  ‘सरकारले ल्याएका कुरा अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन, निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु।'

सभामुख सापकोटाले संसदको कामकारबाहीलाई अगाडि बढाउने विषयमा प्रधानमन्त्रीसँग भेट्न आफूले समय मागेको बताउनु भएको छ । संसदीय मामिला सम्बन्धी पत्रकारहरूसँग सिंहदरबारमा भएको भेटमा उहाँले भन्नुभयो  ‘कानूनमन्त्रीमार्फत कुरा भइरहेको थियो, आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुराकानी भयो,’ ‘समय मागेको छु, खबर आउला ।’

प्रतिनिधिसभा पुनःस्थापनायता प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको छैन । संसद नियमित गर्नेतर्फ सभामुखको भूमिका सकारात्मक नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै टिप्पणी गर्नुभएको छ ।