२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथी प्रश्न उठाउँदै सर्वोच्चमा दायर भएको रिटमा आज पेसी



अ+ अ-

काठमाडौं, पुस १३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेपछि आजका लागि पेसी तोकिएको छ ।

मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएर दायर गरिएको रिट निवेदनमा सुनुवाइ गर्ने तयारी अनुसार पेसी तोकिएको हो। निवेदकहरुले गर्भनर अधिकारी उक्त पदका लागि योग्य नरहेको जिकिर गर्दै शैक्षिक योग्यता नपुगेको दाबी गरेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा व्यवस्था भए बमोजिम गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको र गर्भनर अधिकारीको योग्यता नरहेकाले निवेदकहरुले नियुक्ति बदरको माग गरेका छन् ।

गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्रै रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिट निवेदकहरुको दाबी छ। गभर्नर अधिकारीको नियुक्तिविरुद्ध यसअघि पनि अदालतमा रिट परेको थियो । तर, सो रिट सर्वोच्चले दरपिठ गरेको थियो ।

अधिकारी २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनु भएकाे थियो ।