• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

वेस्टहामसँग घरेलु मैदानमै हार्यो आर्सनल



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले पराजय ब्यहोरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा आर्सनल वेस्टहाम युनाइटेडसँग घरेलु मैदान इमिरेट्समा २–० गोलले पराजित भएको हो ।

खेलको १३ औं मिनेटमा टोमास सोउसेकले गोल गर्दै वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा कोन्स्टानिओस माभ्रोपानोसले गोल थपे । यो हारसँगै आर्सनलले शीर्षस्थानमा उक्लिने अवसर गुमाएको छ ।

आर्सनलको १९ खेलबाट ४० अंक छ । वेस्टहाम ३३ अंकका साथ छैटौं स्थानमा छ ।