९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि उदय निरौलाको ‘अस्ताउदो घाम’ लोकार्पण



अ+ अ-

काठमाडौं । आज कवि उदय निरौलाको 'अस्ताउदो घाम' कवितासङ्ग्रह पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले लोकार्पण गर्नुभएको छ । उहाँले कवि निरौलाको व्यक्तित्व र सिर्जनाबारे आफ्नो धारणा राख्दै निरौलाको लेखनको प्रशङ्सा गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिष्णुविभू घिमिरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, लेखनकुन्जका अध्य‍क्ष कमल ढकाल,  कथाकार एवं पत्रकार विजय चालिसे , कवि समालोचक ललिजन रावल, सर्जक उदय निरौला, समाजसेवी विश्वराज रेग्मीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

२०४८ सालको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रथम हुनुभएका उहाँको पाँचवटा पुस्तक प्रकाशित भइसकेको छ । पत्रकार चन्द्र बानियाले सन्चालन गर्नु भएको कार्यक्रममा कवि रमेश पौडेलले लोकार्पित कृतिबाट कविता वाचन गर्नु भएको थियो । 

कार्यक्रममा पुष्कर लोहनी, प्राज्ञ मातृका पोख्रेल, पत्रकार तेजप्रकाश पण्डित, सखी प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार मन्जिला अनिल, साहित्यकारहरु विमल भौकाजी, रत्नमणि नेपाल, डम्बर पहाडी, दिब्य गिरी, डेनी निरौला, प्राज्ञ नन्दु उप्रेती, रुपा पौडेल, एल्सा शर्मा, रवि प्रान्जल आदिको उपस्थिति रहेको थियो ।