२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काईवाक टावरमा पूर्व युवराज्ञी हिमानी शाह



अ+ अ-

काठमाडौँ । काठमाडौँको कमलादीमा रहेको ‘स्काईवाक भ्यू टावर’मा पूर्वयुवराज्ञी हिमानी शाह पुग्नुभएको छ । वन्डर्स नेपालले निर्माण गरेको यो टावर असार १५ गते बाट व्यावसायिक सुरुआत भएको थियो ।

शाह पुत्र हृदयेन्द्र सहित बुधबार साँझ टाबरमा पुग्नु भएको थियो । उहाँल टाबरको उचाईबाट साँझको काठमाडौंको अबलोकन गर्नुभएको थियो । पछिल्लो समय टाबर प्रति आकर्षण बढ्दै गएको छ ।

साढे १३ रोपनी जग्गामा फैलिएको ७८.५ मिटर अर्थात २५७.५ फिट उचाइको टावरको सबैभन्दा माथिको भागबाट ३६० डिग्रीमा काठमाडौँ नियाल्न सकिन्छ । स्काई वाक टावरमा दैनिक १० हजारभन्दा बढी व्यक्ति आउजाउ गर्न सक्ने छन् ।

स्काई टावरको लिफ्ट ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र रोकिनेछ । टावरमा फुडकोर्ड मिटिङ हललगायतका क्षेत्र रहेका छन् । टावरको सबैभन्दा माथि स्काई वाक रहेको छ जहाँ पूर्ण पारदर्शी सिसा संरचनामा पदयात्रा गर्न सकिने छ ।

दुई हजार स्क्वायर फिट मा स्काई वाक गर्न सकिने छ भने सुरक्षाका लागि वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ राखिएको छ । टावरको ७५ मिटर उचाइमा सिसामाथि हिँड्दा अवलोकनकर्तालाई आकाशमा हिँडेको जस्तै अनुभूति हुने निर्माण कम्पनीका संञ्चालक मध्येका एक लोकनाथ अधिकारीले बताउनुभयो ।

कम्पनीका अध्यक्ष ई। आकर्षण पोखरेलका अनुसार ‘आकाशमा हिँडेको अनुभूति गराउनलाई सिसामा टेकेर हिँडनलाई १० एमएमको टेमपड ग्लास, १.२ को ल्यामिनेटिङ लेयर, फेरी १० एमएमको ग्लास, १.२ एमएम एसटिपी र १० एमएमको ग्लास गरेर ५ वटा लेयरमा निर्माण गरिएको छ । जसलाई हेम्मरले फुटाउँदा पनि तल र माथि फुट्दैन बीचमा मात्रै फुट्ने गर्छ । केही कतै त्यस्तो हुन गएरमा स्टकमा ग्लास रहेको छ ।’

टावरको सबैभन्दा माथि एकै पटक ५ सय जनासम्म रहन सक्नेछन् । स्टिल स्ट्रक्चरमा निर्माण भएको यो टावर निकै आकर्षक र मनमोहक देखिन्छ । कम्पनीका अनुसार टावरमा इभेन्टहरु पनि गर्न सकिने छ । साहसिक पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा विकास गर्न गर्न यो टावरको उचाइमा बञ्जीजम्प र विद्युतीय पिङ पनि राख्ने तयारी भइरहेको छ ।

साथै टावर परिसरमा बगैँचा, फुडकोर्ट तथा विभिन्नि व्यापारिक केन्द्रहरु रहने गरी ३६ ओटा भन्दा बढी सटरहरु निर्माण भएका छन् । यो ‘स्काइ वाक टावर’ नेपालको मात्र नभएर दक्षिण एशियाकै पहिलो रहेको संञ्चालक अधिकारीले बताउनुभयो ।