११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

पटेरले महिलाको जीवनमा ल्याएको परिवर्तन

पटेरले महिलाको जीवनमा ल्याएको परिवर्तन
अ अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ बस्ने ४० वर्षीया कल्पना चौधरीलाई १२ वर्षअघि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउँथ्यो । श्रीमान्को पनि रोजगारी नभएकाले सामान्य खेतीपातीले घर धान्न कल्पनालाई मुस्किल थियो । छोराछोरीलाई पढाउन अर्कैको घरमा मजदुरी गर्नुपथ्र्यो तर अहिले घरखर्च चलाउनमात्र होइन, दुई छोरीलाई पढाउनसमेत चिन्ता छैन ।

उहाँले दुई छोरीलाई फार्मेसी र ल्याब पढाउँदै आउनुभएको छ । ठूली छोरी फार्मेसी र कान्छीले छोरी ल्याब पढ्दै छिन् । अहिले कल्पनाले घर खर्च र छोरीलाई पढाउनेदेखि छिमेकीलाई परेको बेला सरसापट पनि दिने गर्नुहुन्छ ।

उहाँको जीवनमा एक्कासि यो परिवर्तन भने आएको होइन । गाउँमा त्यसै खेर गएको पटेर ९गुन्द्री, चकटीलगायत हस्तसामग्री बनाउन प्रयोग हुने एक प्रकारको घाँस ९यो घाँस पानी जमेको ओसिलो ठाउँमा उम्रने गर्छ०ले उहाँको जीवनमा परिवर्तन ल्याएको हो । “बाह्र वर्षअघि छिमेकी गाउँकी दिदी पोखरा जानुभएको थियो, त्यहाँ उहाँले एक मेलामा पटेरबाट बनेका हस्तसामग्री देख्नुभएको रहेछ । मेलामा त्यसबारे सोधीखोजी गरेपछि यहाँ आएर उहाँले पटेरबाट बन्ने सामग्रीको तालिम दिन थालेपछि धेरै महिला अहिले आत्मनिर्भर बनेका हुन्”, कल्पना भन्नुुहन्छ ।

पटेरबाट हस्तसामग्री बनाउन इच्छुक भएपछि घरेलु कार्यालय, स्थानीय तह र विभिन्न सङ्घसंस्थाले महिलालाई तालिम दिन थालेको थियो । त्यही तालिमबाट अहिले धेरै महिलाले  सीप सिकेर जीविकोपार्जनको माध्यम बनाएको कल्पनाको भनाइ छ । पटेरबाट सुकुल, पिर्का, मुढा, गुन्द्री, म्याट, कलमदानी, टोपी, चकटीलगायत सामान बनाउने गरिएको छ । तिनै सामान बेचेर छोरीलाई मेडिकल पढाइ गराउन सकेको उहाँ बताउनुहुन्छ ।

कल्पनामात्र होइन उहाँकै छिमेकी किशुनकुमारी चौधरीको पनि पटेरले आर्थिक जीवन नै परिवर्तन गरिदिएको छ । पटेरकै सामग्री बेचेर उहाँले करिब तीन कठ्ठा जग्गा किन्नुभएको छ । वार्षिकरूपमा एक जनाले करिब रु १० लाखबराबरको पटेरका सामान बेच्ने गरेको किशुनकुमारीको भनाइ छ । खर्च कटाएर मासिक रु ४० देखि ५० हजार बचत हुने गरेको किशुनकुमारी बताउनुहुन्छ। उत्पादन भएको सामान बेच्न उहाँहरूलाई समस्या छैन । सजिलैसँग सामान बिक्री हुने गरेको छ । कहिलेकाहीँ त सामान पुर्याउनै मुस्किल हुने उहाँहरूको भनाइ छ । उक्त सामान ठूला–ठूला होटलमा जाने गरेका छन् । होटलबाट म्याट, टोपी, सुकुललगायत सामानको माग बढी छ । “बजारको समस्या नै छैन । माग बढी भएकाले कहिलेकाहीँ त पुरर्‍याउँनै सकिन्न”, कल्पना भन्नुहुन्छ ।

होटलबाहेक पनि अन्य पसलबाट माग आउने गरेको छ । सबैभन्दा बढी ठूला मुडा, सुकुल, चकटीको माग हुने गरेको छ । माग भएका सामान भने स्थानीय बजार क्षेत्रबाट चल्ने सार्वजनिक बसमा पठाउने गरेको उहाँ बताउनुहुन्छ ।  “उधारो खासै हुँदैन सबैजसो नगदै हुन्छ । कसैले त अग्रिम पैसा पठाउनुहुन्छ”, किशुनकुमारी भन्नुहुन्छ । आफूहरूले उत्पादन गरेको सामान विदेशीले पनि मन पराएको सुनेको जानकारी दिँदै उहाँ भन्नुहुन्छ, “होटलबाट फोन आउँदा विदेशीले पनि मन पराएका छन् भन्छन् । सरकारले पटेर उद्योग सञ्चालनका लागि सहयोग गरेर विदेश पठाउने वातावरण मिलाए धेरै महिलाका लागि यो पेसा रोजगारीको माध्यम बन्ने थियो ।”

सुरुमा समूह बनाएर काम गर्दै आइएकामा अहिले कल्पना र किशुनकुमारीले छुट्टाछुट्टै  निजी फार्म दर्ता गरेर व्यवसाय नै सञ्चालन गर्नुभएको छ । सुरुमा पाँच हजार ट्र्याक्टरको दरले तीन ट्र्याक्टर पटेरको बीउ ९गाभा० किनेर खेतमा रोपेको उहाँहरूको भनाइ छ  । एकपटक गाभा गाडेपछि धेरै समय उम्रिने  र बीउसमेत हुने गरेपछि अहिले समस्या हुने गरेको छैन । पहिला सामान्य खेतमा पटेर लगाउनुभएका उहाँहरूले अहिले छ बिघा घोल खेत ९पानी जम्ने खेत० भाडामा लिएर पटेरखेती गर्दै आउनुभएको छ । यसले गर्दा कच्चा पदार्थको समस्या छैन ।

दुवैजना अहिले पटेरसम्बन्धी हुने तालिमका लागि प्रशिक्षकसमेत बन्नुभएको छ  । स्थानीय तह र अन्य कार्यालयले आयोजना गर्ने तालिममा आफूहरूलाई प्रशिक्षकका रूपमा बोलाउने गरेको कल्पना र किशुनकुमारीको भनाइ छ  । सुस्ता र प्रतापपुर गाउँपालिकाको क्षेत्र पटेर खेतीका लागि उत्तम छ । पटेरका सामग्रीको माग बढेपछि अहिले ती दुई गाउँपालिकाका करिब दुई सय बढी महिलाले यसलाई आम्दानीको स्रोत बनाएका छन् ।

आफूले उत्पादन गरेका मात्र होइन अन्य महिलाले बनाएका सामान पनि दुवै जनाले खरिद गरेर बाहिर पठाउने गरेका छन् । आफूहरूले उत्पादन गरेको सामग्री चितवन, पोखरा, बुटवल र काठमाडौँमा जाने गरेको उहाँहरू बताउनुहुन्छ ।

“घरमा सहजै बसेर बनाउन सकिने भएकाले यसप्रति महिलाको आकर्षण बढेको हो । गाउँका महिलाले उत्पादन गरेका सामान पनि हामी आफैँंले खरिद गरिदिन्छौँ । बजारमा बिक्री हुन नसके महिलाले हामीलाई ल्याएर दिनुहुन्छ”, किशुनकुमारी भन्नुहुन्छ । आफूहरू पूरै दिन यो पेसामा लागे पनि गाउँका महिलाले भने फुर्सदमा मात्र सामान बनाउने गरेका छन्। “धेरै महिला घरायसी काम र अन्य काममा लाग्ने भएकाले पूरा समय दिनुहुन्न फुर्सद निकालेर काम गर्नुहुन्छ, त्यति गर्दा पनि एक महिलाले मासिक रु १२ देखि रु १५ हजारसम्म कमाउने गरेका छन्”, कल्पना भन्नुहुन्छ ।

पटेरखेतीलाई प्रोत्साहन गर्न सुस्ता र प्रतापपुर गाउँपालिकाले लघुउद्यम शाखामार्फत तालिम सञ्चालन गर्दै आएका छन् । “पटेरलाई उद्यमकै रूपमा अगाडि बढाउन पालिकाले बजेट छुट्याएर तालिम र अन्य आवश्यक सहयोग गर्दै आएको छ”, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव भन्नुहुन्छ । रासस