२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त



अ+ अ-

काठमाडौँ । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रवक्ता रेखा शर्माले भट्टराईलाई सदस्य सचिवमा नियुक्त गर्ने जानकारी दिईन् ।

उनले भनिन्, ‘प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा श्री महेश भट्टराईलाई तोक्ने निर्णय भयो ।’

सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।