• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’

किन फेरी लामो कपाल पाल्दैछन् धोनी ?



एजेन्सी । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी आफ्ना फ्यानमाझ सधैं लोकप्रिय छन् । उनका भिडियोहरू सामाजिक सञ्जालमा प्राय भाइरल हुने गरेका छन् । पछिल्लो समय माही फेरि लामो कपालका कारण चर्चामा छन् । धोनीले आईपीएल २०२४ अघि लामो कपाल राख्नुको कारण खुलासा गरेका छन् । धोनीले एक कार्यक्रममा भने, उनले फेरि किन लामो कपाल राखेका छन् ?

भारतीय टीमका पूर्व कप्तान एमएस धोनीले २००७ को टी–२० विश्वकप जितेर आफ्नो लामो कपाल काटेका थिए । त्यसपछि क्रिकेट फ्यानहरूले उनलाई धेरै फरक हेयरस्टाइलमा देखे, तर सबैले अझै पनि धोनीको लामो कपाल मन पराउँछन् ।

यस्तो अवस्थामा आईपीएल २०२४ अघि धोनीले फेरि एकपटक लामो कपाल राखेका छन् । एक कार्यक्रममा धोनीले लामो कपाल राख्नुको कारण बताउदै नयाँ हेयरस्टाइल कायम राख्न निकै कठिनाइको सामना गर्नुपर्ने बताए । फ्यानहरूले धेरै मन पराउने भएकाले लामो कपाल राखेको धोनीले बताए । तर, उनले थप कठिनाइ भए कपाल छोटो पार्ने पनि बताए ।

यससँगै धोनीले यो हेयरस्टाइल राख्न गाह्रो भएको बताए । ‘पहिले २० मिनेटमा मात्रै तयार हुन्थ्यो तर अहिले १ घण्टा १० मिनेट लाग्छ । म यो गरिरहेको छु किनभने फ्यानहरूले यसलाई मन पराउँछन्, तर एक दिन म यसलाई काट्नेछु ।’ उनले भने ।

धोनीले आफ्नो कप्तानीमा भारतीय टोलीलाई तीनवटै आईसीसी उपाधि जिताउन सफल भएका छन् र त्यो गर्ने उनी एक मात्र कप्तान हुन् । धोनीले भारतलाई टी–२० विश्वकप २००७, विश्वकप २०११ र च्याम्पियन्स ट्रफी २०१३ को उपाधि दिलाएका थिए । योसँगै आईपीएलमा उनको कप्तानीमा चेन्नई सुपर किंग्सले पाँच पटक उपाधि जितेको छ ।