• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

प्रधानमन्त्री कप: मधेश प्रदेशले लुम्बिनीलाई हरायो



काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । प्रतियोगितामा ६ खेल खेलेको मधेश प्रदेशको यो दोस्रो जित हो ।

लुम्बिनीले जितको लागि दिएको ९७ रनको सामान्य लक्ष्य मधेश प्रदेशले भने १८.५ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो ।

मधेशको जितमा ओपनर पूजा महतोले अविजित ६० रनको योगदान गरिन् । अनुराधा चौधरीले १७ र सरस्वती कुमारीले अविजित १२ रन बनाइन् ।

लुम्बिनीको लागि कमला जीएम र सुस्मिता भुषालले एक–एक विकेट लिए ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९६ रन बनाएको थियो । लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले अविजिति ६४ रन बनाएकी थिइन् । कप्तान सरस्वती जीएमले १० रन बनाईन्।

मधेश प्रदेशको लागि साक्षी यादवले दुई विकेट लिएकी थिईन् । यस्तै, पूजा महतो, आरती महतो र कविता गौतमले समान एक–एक विकेट लिए ।