१२ श्रावण २०८३, मंगलवार
,
Latest
पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’ पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: मधेश प्रदेशले लुम्बिनीलाई हरायो



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । प्रतियोगितामा ६ खेल खेलेको मधेश प्रदेशको यो दोस्रो जित हो ।

लुम्बिनीले जितको लागि दिएको ९७ रनको सामान्य लक्ष्य मधेश प्रदेशले भने १८.५ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो ।

मधेशको जितमा ओपनर पूजा महतोले अविजित ६० रनको योगदान गरिन् । अनुराधा चौधरीले १७ र सरस्वती कुमारीले अविजित १२ रन बनाइन् ।

लुम्बिनीको लागि कमला जीएम र सुस्मिता भुषालले एक–एक विकेट लिए ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९६ रन बनाएको थियो । लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले अविजिति ६४ रन बनाएकी थिइन् । कप्तान सरस्वती जीएमले १० रन बनाईन्।

मधेश प्रदेशको लागि साक्षी यादवले दुई विकेट लिएकी थिईन् । यस्तै, पूजा महतो, आरती महतो र कविता गौतमले समान एक–एक विकेट लिए ।