५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा भएको भिडन्तमा परी कम्तीमा १० जनाको मृत्यु



अ+ अ-

दमासकस । सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जना सर्वसाधारणको ज्यान गएको छ । सो क्षेत्रमा सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका बीचका भिडन्त भएको थियो । त्यसमा परेर १० जना सर्वसाधारणको ज्यान गएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सिरियाको उत्तरी सहर अलेपोमा कुर्दिस् र टर्कीस् मिलिसियाका बीचमा भिडन्त भएको सिरियाली सरकारी समाचार समिति, सानाले जनाएको छ । सो सहरको बस्तीमा दुई पक्षका हतियारधारीका बीचमा दोहोरो गोली हानाहान भएको र त्यसमा सर्वसाधारण परेका सो समाचार समितिले जनाएको छ ।

उक्त सहरमा केही समयतादेखि हिंसा भइरहेको छ । यसरी हुने विभिन्न सशस्त्र समूहहरुका भिडन्तमा सर्वसाधारणले ज्यान गुमाउने गरेका पनि समाचारमा जनाइएको छ । यसरी सर्वसाधारणको ज्यान जाने कार्य यहँ चिन्ताजनक रहेको सिरियाका मानवअधिकारवादीहरुले बताउने गरेका छन् । (रासस-सिन्ह्वा)