११ भाद्र २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी समायोजन पूरा नहुँदा यस क्षेत्रमा पर्याप्त काम गर्न सकिएन: मुख्यमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजन पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा  आवश्यकता पूरा गर्न प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको बताउनुभएको छ ।

 उहाँले आज वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा वाग्मती प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यसम्पादन समीक्षा एवम् आगामी रणनीति निर्धारण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकतालाई पूरा गर्न प्रदेश सरकारले प्रर्याप्त काम गर्न नसकेको बताउनुभएको हो ।  

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको सहयोगमा गत आर्थिक वर्षमा प्रहरी मुख्यालयसहित ४६ वटा भवन निर्माणकार्य सम्पन्न गरेको र चालू आर्थिक वर्षमा २१ वटा भवन निर्माण जारी रहेको जानकारी दिनुहुँदै प्रहरीको सङ्गठन र संरचानाको विकासका लागि प्रदेश सरकारले कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले गत असारमा सम्पन्न गरेको कार्यसम्पादन गोष्ठीका कारण प्रहरीको काम अझ प्रभावकारी बनाउन आफू सफल भएको बताउनुभयो ।