१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल प्रिमियर लिगको शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले बर्नलेलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

खेलको छैटौं मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ९० औं मिनेटमा डिओगो जोटाले एक गोल थप्दै लिभरपुलको जित सुनिश्चित गरे ।

यो जितसँगै लिभरपुल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको १९ खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको आर्सनलको ४० अंक रहेको छ । यता, बर्नले भने ११ अंकसहित १९ औं स्थानमा छ ।