६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दार्चुलामा भारतबाट सीमा अतिक्रमण भयो, सरकार देख्दैन: सांसद दिलेन्द्रप्रसाद बडु

दार्चुलामा भारतबाट सीमा अतिक्रमण भयो, सरकार देख्दैन: सांसद  दिलेन्द्रप्रसाद बडु
अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलामा भारतले सीमा मिचेर संरचनाहरु निर्माण गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बौल्दै दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद बडुले दार्चुलाको  सीमा क्षेत्र अन्तराष्ट्रिय कानुन मिचेर तटबन्ध निर्माण गरेको भन्दै तत्काल कुटनीतिक पहल गरी निर्माण कार्य रोक्न माग गर्नुभयो ।

सांसद  बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँको पारिपट्टी भारत सरकारले तीन महिनादेखि नेपाल सरकारको सहमती र जानकारी बिना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरीरहेकाले तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले यस विषयमा पटक पटक स्थानीय प्रशासनले गृह मन्त्रालयमा जानकारी गराए पनि सरकारले सुनेको नसुनेको झैं गरेको आरोप लगाउनु भयो  । प्रमुख जिल्ला अधिकारीको भनाई उदृत गर्दै उहाँले भन्नुभयो, सरकार क्यै गर्दैन, हामीले गएर ढुँगा हानेर हुँदैन, के गर्ने ? विशेष समयमा  सांसद बडुले नेपालको ३५ हेक्टर भू–भाग भारततिर पुगेको जानकारी गराउँदै अबको वर्षादले दार्चुलामा ५ भन्दा बढी गाउँ डुवानमा पर्ने भन्दै सरकारको ध्यानकर्षण गराउनु भयो ।

मन्त्रिपरिषदमा त्यही क्षेत्रमा सांसद गणेशसिंह ठगुन्ना समेत रहेको बेला पनि देशको सीमा जोगाउन नसकेको भन्दै अब बस्ने प्रतिनिधिसभाको बैठकमा यस बारे जानकारी दिन समेत माग गर्नुभयो । उहाँले भन्नुभयो, राष्ट्रवादी सरकारमा व्यवहारमा  हो कि भाषणमा मात्र हो ?