१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

शुभाघाट दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

शुभाघाट दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन
अ अ+ अ-

सुर्खेत: सुर्खेतको मेहलकुनामा २०३६ र २०६४ सालमा शुभाघाट मेला हेर्न आउँदा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाको शुभाघाटमा लाग्ने मेला हेर्न आउँदा २०३६ सालमा डुंगा दुर्घटना हुँदा ९ जना र २०६४ साल पुस १० गते भएको झोलुङ्गे पुल दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो ।

दीप प्रज्ज्वलन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले झोलुङ्गे पुल दुर्घटनास्थल नजिकै मृतकको सम्झनामा बनाइएको पक्की पुल उद्घाटनका बेला मृतकहरूको नाम राख्ने जानकारी दिए । ‘२०६४ सालमा झोलुङ्गे पुल दुर्घटना हुँदा घाइतेहरूको उद्दारमा आउँदा दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा पक्की पुल बनाउने घोषणा गरेकोे थिएँ,’ उपप्रधानमन्त्री खड्काले भने, ‘मृतकको सम्झनामा सबैको नाम लेखेर शिलालेख राख्नेछौँ ।’

उपप्रधानमन्त्री खड्काले शुभाघाट मेला स्थानीय कला, संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण रहेको बताए । ‘एकआपसको सम्बन्ध, पारिवारिक, सामाजिक, सांस्कृतिक सम्बन्ध नवीकरण गर्नु यो महोत्सव–मेलाको विशेषता हो,’ उनले भने, ‘शान्तिपूर्ण तरिकाले भव्य रुपमा मेला–महोत्सव मनाउन आग्रह गर्दछु ।’