१६ भाद्र २०८३, मंगलवार
,
Latest
भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पदमा बसिरहन जरुरी छैन: प्रधानमन्त्री -पूर्णपाठ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसीरहन जरुरी नभएको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारस्थित आफ्नै कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले कमजोर कार्य सम्पादन गर्ने मन्त्रीहरुले पनि पद ओगटेर बस्न नहुने बताउनु भयो । उहाँले मन्त्रीहरुप्रति संकेत गर्दै हरेकले आआफनो भुमिकालाई न्याय हुनेगरी काम गर्नुपर्ने नैतिक दबाब रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘संघीयतालाई वास्तविक रुपमानै कार्यान्वयन गर्न म प्रतिवद्ध र दृढ छु । र यसमा लागि जरुरी कानुन तुरुन्त ल्याउन म तयार छु । म आज जनतालाई साँची राखेर माननीय मन्त्रीहरुलाई पनि भन्न चाहन्छु–हामीलाई असफल हुने छुट छँदै छैन । कार्य सम्पादन कमजोर भएको अवस्थामा म कसैलाई पनि माफ दिने अवस्था र मनस्थितिमा छैन । हामी सबै आआफनो भुमिकाप्रति न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने अब कसैले पनि ठाउँ ओगटी रहनु हुँदैन । छाडी दिनुपर्दछ । यो मैले अरुलाई दिएको उपदेश मात्रै होइन । आफैसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटीरहन जरुरी छैन ।

’प्रधानमन्त्री दाहालले संघीयतालाई वास्तविक रुपमा कार्यान्वयन गराउने काममा आफू दृढ र प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/12/प्रधानमन्त्रीको-सम्बोधन-पुस-१०-२०८०-फाइनल-फाइनल-pdf.pdf”]