१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पदमा बसिरहन जरुरी छैन: प्रधानमन्त्री -पूर्णपाठ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसीरहन जरुरी नभएको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारस्थित आफ्नै कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले कमजोर कार्य सम्पादन गर्ने मन्त्रीहरुले पनि पद ओगटेर बस्न नहुने बताउनु भयो । उहाँले मन्त्रीहरुप्रति संकेत गर्दै हरेकले आआफनो भुमिकालाई न्याय हुनेगरी काम गर्नुपर्ने नैतिक दबाब रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘संघीयतालाई वास्तविक रुपमानै कार्यान्वयन गर्न म प्रतिवद्ध र दृढ छु । र यसमा लागि जरुरी कानुन तुरुन्त ल्याउन म तयार छु । म आज जनतालाई साँची राखेर माननीय मन्त्रीहरुलाई पनि भन्न चाहन्छु–हामीलाई असफल हुने छुट छँदै छैन । कार्य सम्पादन कमजोर भएको अवस्थामा म कसैलाई पनि माफ दिने अवस्था र मनस्थितिमा छैन । हामी सबै आआफनो भुमिकाप्रति न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने अब कसैले पनि ठाउँ ओगटी रहनु हुँदैन । छाडी दिनुपर्दछ । यो मैले अरुलाई दिएको उपदेश मात्रै होइन । आफैसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटीरहन जरुरी छैन ।

’प्रधानमन्त्री दाहालले संघीयतालाई वास्तविक रुपमा कार्यान्वयन गराउने काममा आफू दृढ र प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

प्रधानमन्त्रीको-सम्बोधन-पुस-१०-२०८०-फाइनल-फाइनल-pdf