२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ–कियारादेखि आलिया–रणवीरसम्म यी स्टारहरू नयाँ वर्ष मनाउन विदेश हिँडे



अ+ अ-

एजेन्सी । अंग्रेजी नयाँ वर्ष सुरु हुन अब पाँच दिन मात्रै बाँकी छ । सन् २०२३ लाई बिदाइ र सन् २०२४ लाई भव्य स्वागत गर्न लागिएको छ । सोमबार क्रिसमस पर्व मनाइयो । मानिसहरु नयाँ वर्षको भव्य स्वागतको तयारीमा जुटेका छन् । सबैले आ–आफ्नो तरिकाले मनाउने गर्छन् ।

बलिउडमा पनि नयाँ वर्ष मनाउने तयारी भइरहेको छ । नयाँ वर्ष सुरु गर्न धेरै जोडीहरू मुम्बई बाहिर गएका छन् । साथै, कसैले आफ्नो नयाँ वर्ष मनाउन विदेश छनोट गरेका छन् । सोमबार राति, बी–टाउनको मनमोहक जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा ​​लगायत धेरै सेलिब्रेटीहरू मुम्बई एयरपोर्टमा देखिए ।

सिद्धार्थ र कियारा सोमबार राति मुम्बई एयरपोर्टमा देखिएका थिए । यो जोडी विवाहपछिको नयाँ वर्ष मनाउन लागेका छन्, जसका लागि दुवै जना निकै खुसी छन् । यो जोडी आफ्नो नयाँ वर्ष विदेशमा मनाउन लागेको बताइएको छ । तर, उनीहरुको बिदाको गन्तव्य भने खुलाइएको छैन । यस क्रममा दुवै क्याजुअल लुकमा देखिए ।

आलिया भट्ट र रणवीर कपुरले आफ्नो परिवारसँग क्रिसमस पर्व मनाए । मंगलबार बिहान मुम्बईको कलिना एयरपोर्टमा दम्पतीलाई छोरी राहासँग भेटिएको थियो । यो जोडी विदेश पनि गएको बताइएको छ । यद्यपी आलिया र रणवीर कहाँ छुट्टी मनाउन गइरहेका छन् भन्ने कुनै पुष्टि भएको छैन ।

शाहिद कपुर पत्नी मीरा राजपूतसँग छुट्टी मनाउन गएका छन् । नयाँ वर्ष मनाउने ठाउँ भने खुलाइएको छैन ।

बलिउडका कपूर दिदीबहिनीहरु पनि छुट्टी मनाउन गएका छन् । खुशी र जान्हवी कपूरलाई मंगलबार बिहान मुम्बई एयरपोर्टमा देखियो ।