१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सातौँ बागलुङ महोत्सव हुँदै,राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

सातौँ बागलुङ महोत्सव हुँदै,राष्ट्रपति पौडेलले उद्घाटन गर्ने
अ अ+ अ-

गलकोट (बागलुङ):बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि गर्न थालेको सातौँ बागलुङ महोत्सवको तयारी पूरा भएको छ ।

यही पुस ११ देखि २१ गतेसम्म आयोजना हुने बागलुङ महोत्सव–२०८० को तयारीलाई अन्तिमरुप दिइएको छ । यसअघि २०७६ सालमा महोत्सव आयोजना गरिएको थियो विगतका वर्षमा गरिएका महोत्सवले बागलुङ बजारको व्यापार फष्टाउँदै आएको थियो ।

महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने आयोजकले जानकारी दिएका छन् । राष्ट्रपति पौडेलले बाग्लुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्नुहुने छ भने  शालिग्राम संग्राहलयको अवलोकन गर्नुहुने कार्यक्रम पनि रहेको जनाइएको छ ।

कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन बागलुङ महोत्सव फलदायी हुने बताउँदै तयारी अन्तिम चरणमा पुगेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । “मुख्य मञ्च, स्टल, रमाइलो मेलालगायतको काम सकिएको छ, बागलुङ बजार क्रमश: सिँगारिदै छ”, कँडेलले भन्नुभयो, “राष्ट्रपति रामचन्द्र पौडेल आउने भएपछि विशेष तयारी भएको छ, मेलामा आउन सबैलाई निम्ता गर्दछु ।”

महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै कँडेलले महोत्सवमा स्थानीय उत्पादनको छुट्टै स्टल राखिने बताउनुभयो । बागलुङका स्थानीय उत्पादन सुन्तला, गुन्द्रुक, भाँगो र सिस्नोको पाउडरको प्रवद्र्धन गरिने बताउनुभयो ।

महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पुर्‍याउने अध्यक्ष कँडेलले बताउनुभयो । महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहने बताउँदै कँडेलले सामाजिक उत्तदायित्वसहितको महोत्सव गर्न थालिएको बताउनुभयो । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने र रु १० करोडको आर्थिक कारोबार हुने कँडेलले बताउनुभयो ।

महोत्सवको अवसरमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन गरिने सङ्घका महासचिव ऋषिराम गौतमले बताउनुभयो । बागलुङ उद्योग वाणिज्य सङ्घको सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सवबाट बचत भएको रकमले बागलुङ उद्योग वाणिज्य सङ्घको सामाजिक उत्तरदायित्वअन्तर्गत सदस्य कल्याणकारी कोषमा रु पाँच लाख जम्मा गर्ने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रावृत्ति कोषमा सहयोग, बागलुङ बजारमा सिसी क्यामेरा जडानमा सहयोग र कोसेली घर सञ्चालनमा ल्याउनका लागि सहयोग गर्ने पनि उहाँले जानकारी दिनुभयो ।