५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

अमेरिकाको कोलोराडोमा गोली हानेर १० जनाको हत्या

अमेरिकाको कोलोराडोमा गोली हानेर १० जनाको हत्या
अ+ अ-

बाउल्डर, संयुक्तराज्य अमेरिका । अमेरिकी राज्य कोलोराडोमा सोमबार एउटा खाद्यान्नको सुपरमार्केटमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिनेमा एक जना प्रहरी पनि रहेका छन् । प्रहरीले अमेरिकी इतिहासमा भएका सामूहिक आमहत्याकै यो एउटा विभत्स हत्या शृंखला रहेको जनाएको छ । 

गोली चलाउने एक शंकास्पद व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा गिरफ्तार गरेको छ । बाउल्डर काउन्टीका जिल्ला न्यायाधीवक्ता माइकल डाउहार्टीले घटनास्थल कोलोराडो राज्यको राजधानी डेन्भरबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको जानकारी दिनुभयो ।

प्रहरी प्रमुख मरिस हेरोल्डले किङ सूपर्स नामको सुपरमार्केटमा गोली चलेको खबर पाउनासाथ घटनास्थल पुगेका ५१ वर्षीय प्रहरी एरिक टाल्लीको पनि गोली लागेर मृत्यु भएको जानकारी दिनुभयो ।

लाइभस्ट्रिम गरिएको भिडियोमा एक जना श्वेत अधबैंसे व्यक्तिलाई प्रहरीले घटनास्थलबाट बाहिर निकालेको देखिएको थियो । 

राष्ट्रपति जो बाइडेनलाई उक्त घटनाका बारेमा जानकारी गराइएको ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताउनु भएको छ । बाइडेनले गत महिना पनि बन्दुक राख्ने बारेमा सुविचारित निर्णय गर्न संसद समक्ष आग्रह गर्नु भएको थियो । 

कोलोराडोका गभर्नर जारेड पोलिसले बाउल्डरमा यस्तो गोलीकाण्ड भएको सुन्दा आफूलाई निकै दुःख लागेको बताउनु भएको छ । सुपरमार्केट भित्र रहेका उक्त घटनाका प्रत्यक्षदर्शीहरुले पछाडिको ढोकाबाट भाग्नुअघि धेरै पटक गोलीको आवाज सुनेको बताएका छन् । आठ पटक बन्दुकको गोलीको आवाज सुन्नु भएका रायन बोरोस्कीले आफू भाग्यले बाँचेको सिएनएनलाई प्रतिक्रिया दिनु भएको थियो । 

दर्जनौं बख्तरबन्द गाडी, एम्बुलेन्स र शसस्त्र प्रहरी तत्कालै घटनास्थलमा पुगेका थिए । कोलोराडोमा अमेरिकी इतिहासमै निकै डरलाग्दा दुई वटा आमहत्याका घटना भइसकेका छन् । सन् १९९९ मा दुई जना युवाले आफूहरुले आत्महत्या गर्नुअघि कोलम्बाइन उच्च माध्यमिक विद्यालयमा आक्रमण गरी विद्यार्थी र शिक्षक गरी १२ जनाको हत्या गरेका थिए । 

त्यसपछि सन् २०१२ मा एक जना भारी हातहतियार लिएका एक व्यक्तिले कोलोराडोको अरोरास्थित चलचित्र हलभित्र प्रवेश गरी गोली चलाएर १२ जनाको हत्या गरेका थिए । रासस/एएफपी