१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई हराउँदै धनगढी नेपाल सुपर लिगको फाइनलमा



अ+ अ-

काठमाडौं । धनगढी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पोखरालाई ४-३ गोलले हराउँदै धनगढी उपाधिनजिक पुगेको हो । पोखराका आयुष घलानले गोल गर्न चुक्दा साविक उपविजेतासमेत रहेको धनगढी फाइनलमा पुग्न सफल रह्यो ।

९० मिनेटको निर्धारितमा समयमा पोखरा र धनगढीबीच १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतरिक्त समयमा पनि दुवै टोलीले थप १–१ गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पोखराले दुवैपटक अग्रता लिए पनि त्यसलाई कायम गर्न नसक्दा फाइनलमा पुग्न सकेन । यद्यपि, पराजित पोखराले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग पुनः फाइनल प्रवेशका लागि खेल्नेछ ।

एलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भोलि मंगलबार भिड्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।