२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई हराउँदै धनगढी नेपाल सुपर लिगको फाइनलमा



अ+ अ-

काठमाडौं । धनगढी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पोखरालाई ४-३ गोलले हराउँदै धनगढी उपाधिनजिक पुगेको हो । पोखराका आयुष घलानले गोल गर्न चुक्दा साविक उपविजेतासमेत रहेको धनगढी फाइनलमा पुग्न सफल रह्यो ।

९० मिनेटको निर्धारितमा समयमा पोखरा र धनगढीबीच १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतरिक्त समयमा पनि दुवै टोलीले थप १–१ गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पोखराले दुवैपटक अग्रता लिए पनि त्यसलाई कायम गर्न नसक्दा फाइनलमा पुग्न सकेन । यद्यपि, पराजित पोखराले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग पुनः फाइनल प्रवेशका लागि खेल्नेछ ।

एलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भोलि मंगलबार भिड्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।