२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य: योगेश भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ ।

नागपुरको रेसिमबाग मैदानमा सञ्चालित ध्यान शिविरमा सहभागी हुँदै उहाँले ध्यान शिविरहरु नेपालमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । सचिव भट्टराईले सो शिविरलाई हिमालय ध्यान शिविरको रुपमा चित्रण गर्दै त्यस्तो ध्यान शिविर नेपालमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ । हिमालय क्षेत्रबाट नै सो शिविर प्रादुर्भाव भएकाले नेपाल यसको पेटेन्ट राईट मुलुक भएको जिकिर समेत गर्नुभयो । उहाँले त्यस्ता खालको ध्यान शिविरहरुमा लागि नेपाल विश्वकै सुन्दर ठाउँ भएकाले नेपालले पनि त्यस्ता सामुहिक ध्यान शिविर सञ्चालन गर्दै अघि बढ्नसक्ने समेत बताउनु भयो ।

सचिव भट्टराईले भन्नुभयो, ‘मानव जातीले आफ्नो ज्ञानको क्रममा ८ सय वर्ष अगाडि हिमालय पर्वतमालाबाट शुरु यो यो ध्यान शिविर, जसलाई हामीले हिमालय ध्यान शिविर भनेका छौं । यो एउटा मानव जातिका लागि अद्वितीय उपहार हो । यो ध्यान शिविरमा प्रख्यात हुनुहुन्छ शिव कृपानन्द स्वामी । उहाँले समेत हिमालय क्षेत्रमा आफूले ध्यान गरेर थुप्रै अनुभवहरु प्राप्त गर्नुभएको छ । र नेपालको रसुवा जिल्लाको शिवु गाउँमा एउटा गुफाबाट शुरु भएको यो ध्यान शिविरले आज विश्वका ७० भन्दा बढी मुलुकहरुमा प्रभाव छोडेको छ । र नेपाल पनि त्यसको एउटा भाग बनेको छ ।’

‘र अहिले भारतको नागपुरमा जुन यो ध्यान शिविर चलिराखेको छ । यो विशेष गरेर हिमालय ध्यान शिविर नै हो । र हिमालय क्षेत्रबाट नै यसको प्रार्दुभाव भएको हुनाले नेपाल एउटा एक किसिमले भन्ने हो भने पेटेन्ड राईट भएको मुलुक पनि हो । त्यसो हुँदा नेपालमा पनि नीति निर्माण गर्ने सांसदहरु, देशलाई नेतृत्व गर्ने मन्त्रीहरु, प्रधानमन्त्रीहरुदेखि लगायत सबैले यो ध्यान शिविरमा बस्न आवश्यक छ । र नेपालमा पनि यस्तो ध्यान शिविर सञ्चालन गर्नुपर्ने आवश्यक्ता छ । भोलिका दिनमा नेपालमा पनि विश्वका धेरै मानिसहरुलाई ध्यान शिविरमा हामी सहभागी गराउँदै नेपाल एउटा आफैंमा मेडिटेशन गर्न सबैभन्दा विश्वको सुन्दर ठाउँ पनि हो । मेडिटेशनका लागि उपयुक्त ठाउँहरु नेपालमा छन् । त्यसकारण भोलिका दिनमा हामी नेपालमा पनि एउटा सामुहिक ध्यान शिविरलाई सञ्चालन गर्दै अगाडि बढ्न सक्छौं ।’

गत पुस ३ गतेबाट शुरु भएको सो ध्यान शिविर १० दिनसम्म चल्नेछ । ७० राष्ट्रका करिव १ लाख ५० हजार साधकहरुको सहभागिता रहेको बताइएको सो शिविरमा गुरु शिव कृपानन्द स्वामीले प्रवचन दिइरहनु भएको छ ।