१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले पक्राउ गर्यो आरती साहका पति मोतीबाबुलाई



अ+ अ-

काठमाडौँ । प्रहरीले आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार बिहान ११ बजे जनकपुरधामको सीताचोकस्थित सनुन होटेलबाट उनलाई पक्राउ गरेको हो ।

धनुषाका प्रहरी उपरीक्षक ९एसपी० मित्रबन्धु शर्माले जानकारी दिए । धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले साहलाई आवश्यक प्रक्रिया पुर्याएर कारागार चलान गरिने जानकारी दिनुभयो । सर्वोच्च अदालतले गत मंसिर २० गते पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यसअघि असोज १८ गते उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक स्थित आफ्नै घरमा आरती झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई परिवारजले उपचारका लागि भन्दै काव्या अस्पताल लगेपछि प्रहरीले थाहा पाएको थियो ।

दाइजोको कारण श्रीमान् र ससुराले आरतीको हत्या गरेको माइती पक्षले आरोप लगाउँदै आएको छ । आरतीको हत्या गरेको भन्दै उनका श्रीमान् र ससुरालाई कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । आरती हत्या गरिएको भन्दै उनका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् ।

धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेको भन्दै मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथिको सुनुवाइपछि सर्वोच्चले आरतीका श्रीमान्लाई थुनामा पठाउन आदेश दिएको थियो ।