१३ असार २०८३, शनिबार
,
Latest
नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको संरक्षणमा सुन तस्कर भइरहेको छः रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करहरुलाई सरकारले संरक्षण गरेको बताउनु भएको छ । पूर्वगृहमन्त्री समेत रहनु भएका सभापति लामिछानेले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको भएपनि सरकारले संरक्षण गरेको बताउनु भयो ।

नारायणगढ- बुटवल सडकखण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्रा अभियान अन्तरगत चितवनको नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले आफूले सुन तस्करीको प्रमाण सिंहदरबारस्थित गृहमन्त्रीको क्याबिनमै पुगेर देखाएको समेत जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो “मैले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको थिएँ। धेरैले सूचना भएको मान्छेले दिनुपर्छ भन्नुभयो । मैले कुन सूचना कहाँ दिने भन्ने ध्यान र ज्ञान राख्नुपर्छ । मैले गृहमन्त्रीज्यूलाई गएर नै तपाईँको निकटमा रहेको मान्छे जो अध्यागमनको डिजी हुनुहुन्छ। झलकराम अधिकारी उहाँको संलग्नता देखिएको छ, उहाँले दावा भन्ने मान्छे जो सुन तस्करीको नाइके यो यो सामानमा सुन आयो है भन्दै पठाउनुभएको छ ।”

उहाँले भन्नुभयो “अहिले छानबिनको लागि जहाँ गएर छापा मारियो छाडियो । यी सामान छ कि छैन हेर्नुस्। केके सामान गएका छन् । यो काम कसले गर्‍यो झलकराम सुवेदीले गर्नुभयो। उहाँ गृहमन्त्रीको नजिकको मान्छे। उहाँलाई यो मोड्नुपर्‍यो राजस्व अनुसन्धानले त राम्रो काम गरेको थियो। मैले गृहमन्त्रीको क्याबिन, सिंहदरबारमा गएर यी सब चिज देखाए उहाँलाई त गज्जब भयो । उहाँले कारबाही गर्नुहोला भनेको त ।”

उहाँले भन्नुभयो” गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि । उहाँलाई त त्यो अनुसन्धान प्रहरीतिर ल्याउनु थियो । उहाँहरु मान्छेलाई सायद जोगाउनु थियो होला। अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक । म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन । मलाई त्यसमा कुनै चासो छैन । तपाईँ सम्हाल्नुस् । अहिले मात्रै होइन बाचुन्जेल गृहमन्त्री खानुहोला । भलै तपाईँलाई गृहमन्त्री बन्नको लागि चुनाव हारे पनि जित्नु परेन तर म यो देशको सबैभन्दा धेरै मत ल्याएको सांसदको हैसियतले भन्न चाहन्छु गृहमन्त्रीज्यू तपाईँ आफ्नो मान्छेहरूलाई जोगाउनुहोला ।”