२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

आज बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका(३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश(०१(००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

मृत्यु हुनेमा बा।६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् । दुर्घटनापछि राजमार्गमा सवारी आवागमन रोकिएको छ ।