३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सबै सांसदसँग एकैपटक छलफल गरिने



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन हाल्ने सबै सांसदहरुसँग एकैपटक छलफल गर्ने भएको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक आईतवार (आज) राखिएको थियो । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्तावकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूचि रहेको थियो । सोहीअनुरुप संशोधनकर्ता केही सांसदहरुलाई बोलाइएको पनि थियो । तर बैठकमा उपस्थित संशोधनकर्ता सांसदहरुले सबै संशोधनकर्ता सांसदहरुको सामुहिक उपस्थितिमा संशोधनमाथि छलफल गर्नुपर्ने आग्रह गरेपछि बैठक स्थगित भएको हो ।

समिति सभापति विमला सुवेदीले समिति सदस्यहरुको आग्रह बमोजिम आगामी बैठक पुष १६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको जानकारी गराउनु भयो । उहाँले आगामी बैठकमा विधेयकमाथि संशोधन प्रश्ताव राख्ने सबै सांसदहरुलाई बोलाइने बताउनु भयो । सभापति सुवेदीले आजको बैठकमा ६२ जना संशोधनकर्ताहरुमध्ये ५६ जनालाई खबर गरिएको भएपनि त्यसमध्ये १९ जनाले बैठकमा उपस्थिति जनाउने प्रतिवद्धता जनाएअनुरुप बैठक राखिएको पनि उल्लेख गर्नुभयो । आगामी बैठकका लागि समितिले संशोधनकर्ताहरुलाई फोनसँगै म्यासेज पनि गर्ने उहाँको भनाई छ ।

बैठकमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले सबै संशोधनकर्ताहरुलाई एकैपटक बोलाएर संशोधन प्रश्तावमाथि छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले आफुहरु सबै संशोधनकर्ताहरुको कुरा सुन्न चाहेको बताउनु भयो । उहाँले सबैलाई एकैपटक नबोलाएर प्रतिनिधि सभा नियमावलीको अधिकार कुण्ठित गरिएको बताउनु भयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एकै पटक ४०/५० वटा ऐन संशोधन गर्नु राज्य प्रतिको डकैती भएको बताउनु भयो । केही संशोधनकर्ताहरुलाई मात्रै बोलाएर संशोधनउपर छलफल गर्नु प्रक्रियागत त्रुटी भएको भन्दै उहाँले सबैलाई एकै पटक बोलाएर प्रक्रियागत रुपमा बैठक राख्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विधेयकमा सत्तापक्षका सांसदहरुले समेत संशोधन हालेका भन्दै सत्तापक्षिय सांसदहरु कुन कित्तामा उभिन्छन् आफूहरुले बैठकमै हेर्न चाहेको बताउनु भयो । उहाँले पनि सबैलाई एकै पटक बोलाएर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेकपा(एमाले)की सांसद प्रतिक्षा तिवारीले पनि सबै संशोधनकर्ता सांसदहरुलाई सामुहिक रुपमा बोलाउनुपर्ने धारणा राख्नुभएको थियो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सबै संशोधनकर्ता सांसदहरुको उपस्थितिमा बैठक राख्नुपर्ने सांसदहरुको धारणा जायज रहेको बताउनु भयो । उहाँले पनि बैठक आगामी दिनमा संशोधनकर्ताहरुलाई संयुक्त रुपमा बोलाएर गर्नुपर्ने बताउनु भयो ।

जनता समाजवादी पार्टी नेपालकि सांसद रञ्जुकुमारी झाले सबै संशोधनकर्ता सांसदहरुलाई एकै पटक बोलाउनुपर्ने तर अर्को पटक नबोलाउने धारणा राख्नुभयो । संशोधनकर्ताहरु एकै पटक बसेर छलफल गर्नुपर्ने उहाँको पनि धारणा रह्यो ।

बोल्ने सबै सांसदहरुले सबै संशोधनकर्ताहरु एकै पटक उपस्थित भएर छलफल गर्नुपर्ने धारणा राखेपछि समितिको बैठक एक हप्तापछि धकेलिएको हो ।