१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न: हाम्रो संवेदना किन यसरी मरेको ?

राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न: हाम्रो संवेदना किन यसरी मरेको ?
अ अ+ अ-

काठमाडौं। क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन बिदा दिएकोमा राप्रपाले आपत्ति जनाएको छ।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले क्रिसमस मनाउन भनेर राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिनु अनुचित र विडम्बनापूर्ण रहेको जनाउनु भयो ।

प्रवक्ता श्रेष्ठले यस अवस्थामा पनि नेपालको बहुसंख्यक सनातन समाज मौन रहनु र चुपचाप सुनिरहेनु अनौठो भएको जनाउनु भयो । उहाँले हाम्रो संवेदना किन मरेको यसरी भन्दै पटकपटक चिमोट्दा पनि नदुख्नु डरलाग्दो रोगको लक्षण होइन र भन्दै प्रश्न गर्नुभएको छ ।

श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ-

क्रिसमस मनाउन भनेर मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिनु अनुचित र विडम्बनापूर्ण छ। सनातन धर्मप्रति भ्रम फैलाउने र आयातित धर्मको प्रवर्द्वन गर्ने ०६२/६३ को आन्दोलनको उद्धेश्य र ०७२ को संविधानको मर्म थिएन।

तर दुर्भाग्य, धर्मनिरपेक्षताको आडमा नेपालको मौलिक संस्कृति र सनातन धर्ममाथि निरन्तर प्रहार भइरहेको छ। धर्म निरपेक्षको वकालत गर्ने देशको एकजना मन्त्री नै क्रिस्चियन धर्मको प्रचार गर्दैछन् र “हामी सर्पले जस्तै बिस्तारै निल्दैछौं” भनेर खुलेआम भनिरहेका छन् ।

तर नेपालको बहुसंख्यक सनातन समाज मौन छन्, चुपचाप सुनिरहेका छन् । हाम्रो संवेदना किन मरेको यसरीरु पटकपटक चिमोट्दा पनि नदुख्नु डरलाग्दो रोगको लक्षण होइन र ?

उठौं, जागौं र जुटौं ।

हाम्रो नेपाललाई अस्थिर बनाउन र फेरि द्वन्दमा धकेल्न चाहनेहरुको गोटी नबनौं ।