२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न: हाम्रो संवेदना किन यसरी मरेको ?



अ+ अ-

काठमाडौं। क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन बिदा दिएकोमा राप्रपाले आपत्ति जनाएको छ।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले क्रिसमस मनाउन भनेर राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिनु अनुचित र विडम्बनापूर्ण रहेको जनाउनु भयो ।

प्रवक्ता श्रेष्ठले यस अवस्थामा पनि नेपालको बहुसंख्यक सनातन समाज मौन रहनु र चुपचाप सुनिरहेनु अनौठो भएको जनाउनु भयो । उहाँले हाम्रो संवेदना किन मरेको यसरी भन्दै पटकपटक चिमोट्दा पनि नदुख्नु डरलाग्दो रोगको लक्षण होइन र भन्दै प्रश्न गर्नुभएको छ ।

श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ-

क्रिसमस मनाउन भनेर मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिनु अनुचित र विडम्बनापूर्ण छ। सनातन धर्मप्रति भ्रम फैलाउने र आयातित धर्मको प्रवर्द्वन गर्ने ०६२/६३ को आन्दोलनको उद्धेश्य र ०७२ को संविधानको मर्म थिएन।

तर दुर्भाग्य, धर्मनिरपेक्षताको आडमा नेपालको मौलिक संस्कृति र सनातन धर्ममाथि निरन्तर प्रहार भइरहेको छ। धर्म निरपेक्षको वकालत गर्ने देशको एकजना मन्त्री नै क्रिस्चियन धर्मको प्रचार गर्दैछन् र “हामी सर्पले जस्तै बिस्तारै निल्दैछौं” भनेर खुलेआम भनिरहेका छन् ।

तर नेपालको बहुसंख्यक सनातन समाज मौन छन्, चुपचाप सुनिरहेका छन् । हाम्रो संवेदना किन मरेको यसरीरु पटकपटक चिमोट्दा पनि नदुख्नु डरलाग्दो रोगको लक्षण होइन र ?

उठौं, जागौं र जुटौं ।

हाम्रो नेपाललाई अस्थिर बनाउन र फेरि द्वन्दमा धकेल्न चाहनेहरुको गोटी नबनौं ।